दफा ४२
खुद व्ययको बाँडफाँड
(१) कुनै आर्थिक वर्षमा बैंकले खुद आयको तुलनामा व्यय बढी भएको अवस्थामा बढी भएको खुद व्यय रकमलाई देहाय बमोजिम बाँडफाँट गर्नु पर्नेछः– (क)खुद व्ययमा पुनर्मूल्याङ्कन आय समेत समावेश भएमा पुनर्मूल्याङ्कन आयलाई पुनर्मूल्याङ्कन जगेडा कोषमा राख्नु पर्नेछ । (ख)खुद व्ययमा पुनर्मूल्याङ्कन व्यय समेत समावेश भएको अवस्थामा पुनर्मूल्याङ्कन व्ययलाई पुनर्मूल्याङ्कन जगेडा कोषमा खर्च लेख्नु पर्नेछ । पुनर्मूल्याङ्कन जगेडा कोषमा रहेको रकमभन्दा पुनर्मूल्याङ्कन व्यय बढी भएमा बढी भएको व्यय रकमलाई देहायको कोष तथा खातामा प्राथमिकता क्रममा खर्च लेखिनेछः– (१)सञ्चित बचत कोषमा जम्मा रहेको रकमसम्म सञ्चित बचत कोषमा,      (२)उपखण्ड (१) अनुसार सञ्चित बचत कोषमा समायोजन पश्चात् व्यय रकम बाँकी रहेमा साधारण जगेडा कोषमा, र      (३)उपखण्ड (१) र (२) बमोजिम सञ्चित बचत कोष र साधारण जगेडा कोष समायोजन पश्चात् व्यय रकम बाँकी रहेमा पूँजी खातामा । (ग) खण्ड (क) बमोजिम पुनर्मूल्याङ्कन आय र खण्ड (ख) बमोजिमको पुनर्मूल्याङ्कन व्यव बाहेकको सञ्चालन तथा अन्य व्ययलाई सञ्चित बचत कोषमा खर्च लेख्नु पर्नेछ । (घ)सञ्चित बचत कोषमा जम्मा रहेको रकम भन्दा व्यय रकम बढी भएमा बढी व्यय रकमलाई देहायको कोष तथा खातामा प्राथमिकता क्रममा खर्च लेख्नु  पर्नेछः– (१) साधारण जगेडा कोषमा रहेका रकमसम्म साधारण जगेडा कोषमा,       (२)उपखण्ड (१) बमोजिम साधारण जगेडा कोषमा समायोजन पश्चात् व्यय रकम बाँकी रहेमा पूँजी खातामा । (२) उपदफा (१) बमोजिम व्ययको बाँडफाँड गर्दा समायोजन हुन नसकेको व्यय नेपाल सरकारले व्यहोर्नेछ ।